स्वास्थ्य

जण्डोलमा ४० जनाले गरे रक्तदान

वृजमान तामाङ –
विरेन्द्र बजार, २८ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जण्डोलमा शनिबार ४० जनाले रक्तदान गरेका छन् । श्री ठाकुरजी मित्र मिलन समाज महुलीद्वारा आयोजित कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन ।
ठाकुरजी माध्यमिक विधालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा श्यामकान्त चौधरी, महेश्वर प्रसाद चौधरी, गुदर सिंह, पंचदेव चौधरी, सुर्यनाथ चौधरी, विपिन कुमार साह, सियाराम चौधरी, गयाराम चौधरी, संतोष कुमार चौधरी, नन्दकिशोर चौधरी, वावुराम चौधरी, संतोष कुमार मेहता, रवि कुमार साह, संजिव कुमार चौधरी, अम्विका जोशी, मो. वसिम, संजय कुमार चौधरी, भिम प्रसाद पौडेल, मनोज कुमार चौधरी, अशोक कुमार साह, ललित प्रसाद चौधरी छन् ।

यसैगरी सुदर्शन चौधरी, कविता कुमारी चौधरी, पृतम चौधरी, विवेक चौधरी, केवास रणपहेली, रमानन्द चौधरी, सुरेश कुमार चौधरी, सुबोध कुमार चौधरी, लक्षमिकान्त चौधरी, हरि खंग, रमेश कुमार चौधरी, नारायण चौधरी, उदय नारायण चौधरी, अनुपप्रकाश तिवारी, जिवछ साह, पंकज कुमार कर्ण, गोपाल प्रसाद चौधरी लगायतकाले रक्तदान गरेको समाजका अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिए ।
माध्यमिक विधालय जण्डोलबाट २०५५ सालमा एसएलसी उतिर्ण गरेका पूर्व विधार्थीहरुद्वारा श्री ठाकुरजी मित्र मिलन समाज महुली गठन गरि शिक्षा क्षेत्रको समग्र विकाससहितका सामाजिक सेवाका गतिविधि गर्दै आएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page