धर्म संस्कृति

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार देशभर सार्वजनिक बिदा

सप्तरी । हिन्दू धर्मावलम्बीको महान्‌ पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार देशभर सार्वजनिक बिदा हुने भएको छ । हिन्दू धर्मालम्बिहरुको मुख्य पर्व मध्ये एक श्रीकृष्ण जन्माष्टमीलाई समेत मानिन्छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान्‌ श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्‌ । भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे श्रीकृष्णको जन्म भएको थियो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण भाद्र कृष्ण अष्टमीका दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ ।

   

You cannot copy content of this page