बृजमान तामाङ , ९ असोज । सप्तरीको अग्निसाईर कृष्णासारन गाउँपालिका ४ स्थित बनौलीमा आधारभुत विधालय बनौली वडगोरियाद्वारा संचालित ११ औं पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।
विधालयको खेलमैदानमा संचालित प्रतियोगिताको बुधबार एक कार्यक्रमको विच अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले उद्वघाटन गरेको हो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी अगनिसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष चौधरीले पानसमा वत्ती बालेर प्रतियोगिताको उद्वघाटन गरे ।
फुटबल प्रतियोगिता उद्वघाटन समारोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी, वडा नम्बर १ का अध्यक्ष मो. सबदुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ६ का अध्यक्ष अशोक आचार्य, पत्रकार बृजमान तामाङ, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. रोहित पोखरेल, साविक प्रशवनी गाविसका अध्यक्ष रामदेव यादव, जसपा संघीय परिषद सदस्य गुनानन्द चौधरी लगायतका स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिदलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । विभिन्न ८ वटा टिम सहभागी उद्वघाटन खेलमा मलिथम फुटबल क्लब उदयपुर विजयी भएका छ्न ।
रामधुनी फुटबल क्लब झुम्का सुनसरीलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै उदयपुरले जित हासिल गरेको आयोजकले जनाएको छ ।
दुबैटिम विच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापमा कुनै टिमबाट गोल हुन सकेन । खेलको दोश्रो हापमा उदयपुरका जर्सी नम्बर ९ का पृतम चौधरीले खेलको दोश्रो हापको ३ मिनेटमा १ गोल गर्दै टिमलाई अगाडि बढाए भने १८ औं मिनेटमा जर्सी नम्बर ३ का जयन्ती सिंहले दोश्रो गोल गरेपछी उदयपुरको जित सुनिश्चित भएको आयोजकले जनाएको छ ।
भोलि बिहीबारको खेल मधेश प्रदेश तालीम केन्द्र राजविराज र श्री पुरानो गणेश युवा क्लब बनौली विच हुने आयोजक समितिका अध्यक्ष यादवले जानकारी दिए । प्रतियोगितामा मलिथम फुटबल क्लब उदयपुर, रामधुनी फुटबल क्लब झुम्का सुनसरी, बानो फुटबल क्लब लाहान सिराहा, शिव मनोकामाना युया क्लब तिरुहुत सप्तरी, मधेश प्रदेश तालिम केन्द्र राजविराज, श्री पुरानो गणेश युवा क्लब बनौली, डि.एफ.सि दमक झापा र फ्युजन फुटबल क्लब गाईघाट उदयपुरले सहभागीता जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ्न भने दोश्रो हुने टिमलाई नगद २५ हजार सहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिए ।
Add Comment