खेलकुद

४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मोरङ्गलाई पराजित गर्दै सप्तरी फाईनल प्रवेश

वृजमान तामाङ /
बिरेन्द्र बजार । श्री जनचेतना ४१औं रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघिदहमा संचालित मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अग्निसाईर फुटबल टिम वडा नम्बर २ सितापुर सप्तरी फाईनल प्रवेश गरेको छ ।
अग्निसाईर कृष्णासवरन १ स्थित जनचेतना माध्यमिक विधालयको खेल मैदानमा आयोजित प्रथम सेमिफाइनल खेलमा विराटनगर स्पोर्ट्स एकेडेमी विराटनगर मोरङ्गलाई १ को विरुद्ध ४ गोलले पराजित गर्दै सितापुर सप्तरी फाईनल प्रवेश गरेको हो ।
खेलको पहिलोहापको २१ मिनेटमा विराटनगर मोरङ्गका जर्सी नम्बर ७ का नवराज कार्कीले १ गोल गरेर टिमलाई अगाडि बढाए । यसैगरी पहिलो हापको ३० औं मिनेटमा सितापुर सप्तरीका जर्सी नम्बर ६ का अजित चौधरीले गोल गरेपछि खेल बराबरी भएको थियो ।
खेलको दोश्रो हापको ७ औं मिनेटमा सितापुर सप्तरीका जर्सी नम्बर ११बिबेक पौडेलले प्लान्टीको अवसरलाई उपयोग गरि टिमलाई थप १ गोलान्तारले अगाडि बढाए । खेलको २१ औ मिनेटमा जर्सी नम्बर १२ का भारत चौधरीले गोल थपेपछी २ गोलले सितापुर सप्तरी अगाडि बढे । खेलको ३३ औ मिनेटमा सप्तरीका ६ नम्बर जर्सीका अजित चौधरीले पुनः गोल गरेपछि सितापुर सप्तरीले जित सुनिश्चित गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा विजेता टिमका तर्फबाट अजित चौधरीले २ गोल गरे भने अन्य खेलाडीहरुले १ /१ गर्न सफल भएको आयोजक समितिका शेखर गुप्ताले जानकारी दिए ।
भोलिको दोश्रो सेमिफाइनल खेल फ्युजन एफ सि क्लब गाईघाट उदयपुर र रामधुनी युवा क्लब झुम्का सुनसरी विच हुने आयोजक समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश नम्बर १ का मोरङ, सुनसरी, उदयपुर र मधेश प्रदेशका महोत्तरी, सिराहा र सप्तरीका गरि ८ वटा टिमले सहभागी जनाएका छन । प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद राशीसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ्न भने उपविजेतालाई ३५ नगद राशीसहितको कप,मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page