खेलकुद

४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा उदयपुरलाई पराजित गर्दै सुनसरी फाईनल प्रवेश

बृजमान तामाङ /
बिरेन्द्र बजार, ९ कार्तिक । श्री जनचेतना ४१औं रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघिदहमा संचालित बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा रामधुनी युवा क्लव झुम्का सुनसरी फाईनल प्रवेश गरेको छ ।
अग्निसाईर कृष्णासवरन १ स्थित जनचेतना माध्यमिक विधालयको खेलमैदानमा आयोजित दोश्रो सेमिफाइनल खेलमा फ्युजन एफ सि क्लब गाईघाट उदयपुरलाई पलन्टीमा २ को विरुद्ध ४ गोलले पराजित गर्दै झुम्का सुनसरी फाईनल प्रवेश गरेको हो ।
दुबैटिम विच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबैटिमबाट कुनैपनी गोल हुन नसकेपछि पालान्टी मार्फत खेलको छिनोफानो गरिएको आयोजक समितिका शेखर गुप्ताले जानकारी दिए ।
प्लान्टीमा गाईघाट उदयपुरले प्रहार गरेको २ गोल झुम्का सुनसरीका गोलरक्षकले रोक्न सफल भएको तथा झुम्का सुनसरीले प्रहार गरेको ४ गोल गाईघाटका गोल रक्षकले रोक्न नसकेपछि खेलको छिनोफानो भएको उनले जानकारी दिए ।
फाइनल खेल रामधुनी युवा क्लब झुम्का सुनसरी र अग्निसाईर फुटबल क्लब वडा नम्बर २ सितापुर विच कार्तिक १२ गते हुने आयोजक समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश नम्बर १ का मोरङ, सुनसरी, उदयपुर र मधेश प्रदेशका महोत्तरी, सिराहा र सप्तरीका गरि ८ वटा टिमले सहभागी जनाएका थिए ।
प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद राशीसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ्न भने उपविजेतालाई ३५ नगद राशीसहितको कप,मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page