स्वास्थ्य

सप्तरीको राजविराजमा ३५ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

राजविराज, १५ मङ्सिर । सप्तरीको राजविराजमा बिहीबार ३५ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजविराजको शिव मन्दिरको प्राङ्गणबाट नगर परिक्रमा गरी राजविराज नगरपालिकाको सभा हलमा आई अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले एड्सको महामारीलाई अन्त हुन नदिने असमानता र विभेदलाई अन्त गर्न जरुरी रहेको बताएका छन् ।
३५ औँ विश्व एड्स दिवसको अवसरमा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले हिंसा र रोग लुकाउन नहुने भन्नुहँदै हिंसा, यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गरिन् ।

विश्व एड्स दिवसले असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको र सबै खाले असमानताहरूलाई सामना गर्न सकिने विश्वास दिलाएको उनले बताइन् ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेलले एचआइभी सङ्क्रमितहरूलाई अवहेलना होइन उपचार गर्नुपर्ने आवश्यक्ता रहेको बताए । एचआइभी सङ्क्रमितको मृत्युदर, नयाँ एचआइभी सङ्क्रमण दर र एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा पू¥याउन कटिबद्ध हुनुपर्ने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका डम्बर यादवले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने औषधिको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाउँदा एचआइभी सङ्क्रमितहरू अन्य व्यक्ति सरह सहज र लामो जीवन बाँच्न सक्ने बताए ।
सङ्क्रमित रक्त ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र एचआइभी सङ्क्रमणको सम्भावना रहने गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी नर्स सुनिता यादवले बताइन् । ओसिएमसीकी मनिषा सिम्खडाले एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै तौलिया वा चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने कुरा भ्रम मात्र रहेको बताइन् ।

कार्यक्रममा प्रहरी निरीक्षक प्रमोद खडका, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितानारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीकी महिला उपाध्यक्ष अम्बिका दाहाल, राजविराज नगरपालिकाकी महिला, बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख अनिता चौधरी, स्पर्श नेपालका ललन झा, आदिवासी जनजाति महासंघकी सल्लाहकार प्रिया सिंह थारु लगायतले अपहेलना गर्दा संक्रमितहरु लुकेर बस्ने र उपचार नगर्ने अवस्था सृजना भएकोले सबै मिलेर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ डोरयाउनु पर्ने बताए ।
सहयोगी समाजका कार्यक्रम संयोजक प्रदिप लामिछानेको अध्यक्षता र रामप्रकाश चौधरीले स्वागत गरेको अन्तरक्रिया कार्यक्रम अघि रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, नारा र चिह्नहरू बोकेर निक्लिएको ¥यालीले राजविराज नगर परिक्रमा गरेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न संस्थाहरु सम्मिलित मूल समारोह समितिको आयोजनामा १६ दिनसम्म ¥याली, गोष्ठि, सभा, अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page