स्वास्थ्य

श्री ठाकुरजी मित्रमिलन समाजद्वारा स्वास्थ्य शिबिर संचालन, ६ सय ६७ जनाले गराए स्वास्थ्य जाँच

बृजमान तामाङ /
विरेन्द्र बजार, १७ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । श्री ठाकुरजी मित्रमिलन समाज सप्तरीद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
एभरेष्ट इङलिस बोर्डिङ स्कुल महुलीमा आयोजित स्वास्थ्य शिबिरमा ६ सय ६७ जनाले स्वास्थ्य जाँच गराएको आयोजक समितिका अध्यक्ष श्यामकान्त चौधरीले बताए । शिविरमा शारीरिक अपाङ्गता सम्बन्धि समस्याको साथै स्त्रीरोग सम्बन्धि जाँच तथा उचित सल्लाह र रोगीहरुलाई निशुल्क औषधि उपलब्ध गराएको उनले जानकारी दिए ।

शिविरमा गम्भीर प्रकृतिका १२ जना रोगी फेला परेको अध्यक्ष चौधरीले बताए । उनीहरुलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा निशुल्क अप्रेसनका लागि पठाउने उनले जानकारी गराए ।
शिविरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामका अपाङ्ग रोग विशेषज्ञ डा. संदिप शर्मा र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका स्त्री रोग विशेषज्ञ डा. डिक नाथ यादवले रोगिहरुको स्वास्थ्य जाँच गरेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page