समाज

सप्तरीको कञ्चनरुप–१२ मा जङ्गली हात्तीले ५ ओटा घर भत्काउँदा लाखौंको क्षति

कञ्चनरुप, २५ मङ्सिर । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले शनिवार राती सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२ मा तीन परिवारको ५ ओटा घर भत्काउँदा लाखौंको क्षति भएको छ ।
शनिवार ताती ११ बजेको समयमा आएको जङ्गली हात्तीले कञ्चनरुप–१२ धानुक टोलमा पसी दलुलाल मण्डलको २ वटा घर, सन्जु मण्डलको २ वटा घर र कैलीरामको एउटा घर भत्काउनुका साँथै अन्नपात खाएर फालेर नष्ट गर्दा करिब ४ लाख बराबरको क्षति भएको १२ नम्बर वडाका वडा सदस्य जैनुदिन मियाँले बताउनु भयो ।

एउटा जङ्गली हात्ती वडा नम्बर १२ को बस्तिपुर, श्रावणपुर, सितापुर, चर्खिया लगायतका गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्नबाली खाएर, कुल्चिएर नोक्सान पुर्‍याउँदा लाखौंको क्षति भएको स्थानियले बताएका छन् ।
हात्ती गाउँमा पस्न थालेपछि गाउँलेहरु डर त्रासमा रात काट्न बाध्य भएका छन् । यस भेगमा वर्षेनी हात्तीले आतंक मच्चाउने, सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्ने र मानिसको ज्यान समेत जाँदा पनि सम्बन्धित निकायले हात्तीको आतंकलाई न्यूनिकरण गर्न कुनै चासो नदेखाएकोमा गाउँलेहरु दुःख व्यक्त गर्दछन् ।

You cannot copy content of this page