समाज

महोत्तरीबाट नक्कली नोटसहित एक पक्राउ

प्रहरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले ११ हजार नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ पक्राउ गरेको हो ।
जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पन्चायत बस्ने रमनलाई नियन्त्रणमा लिएका थिए । खबर पाउनेबित्तिकै प्रहरी चौकी भिठामोडबाट प्रहरी नायब निरीक्षक नारायण दनुवारको कमाण्डमा खटिएको प्रहरीले नक्कली नोटसहित रमनलाई पक्राउ गरेको हो। 
पक्राउ परेका रमनमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page