समाचार समाज

सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

सुनसरी, मंसिर २९ गते । सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप महानगरपालिका १४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले स्पास्पेन २४८ ट्यावलेट र ट्रामाडोल ३३० ट्याव्लेट बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान ५ का २६ बर्षीय अमन राई र धरान ३ का ३४ बर्षीय मन कुमार श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई ट्रामाडोल ६०३९ ट्रयाव्लेट, स्पास्पेन ४१४० ट्याव्लेट, डाईजेपाम १५६ एम्पुल र नगद ६५ हजार ९ सय ४४ रुपैँया सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ६ जनालाई आवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page