समाज

मदरसा कासिमुल उलुम वैरवाको वार्षिक आयव्यय सार्वजनिक, २२ लाख बढी आय र १९ लाख भन्दाबढी व्यय प्रस्तुत

कञ्चनरुप, ४ पुष । सामाजिक रुपान्तरण र आर्थिक उन्नतीका लागि शिक्षा महत्त्वपूर्ण रहेकाले शिक्षा क्षेत्रको विकासका लागि सबै पक्षले सहयोग गर्नुपर्ने कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनु भयो ।
सोमवार मदरसा कासिमुल उलुम कञ्चनरुप–१ वैरवाको वार्षिक आय व्यय सार्वजनिक तथा सामाजिक परीक्षण कार्यक्रममा बोल्दै मिश्रले सो कुरा बताउनु भएको हो ।
शिक्षक अभिभावक र विद्यार्थी इमान्दारी भएका शैक्षिक क्षेत्रले राम्रो फड्को मार्ने समेत उहाँले बताउनु भयो । आफ्नो कार्यकालमा मदरसा, कर्वस्थान, इदगहमा सोचे भन्दा राम्रो काम भएको र मदरसाको विकासमा सरकारको तर्फबाट सोचे अनुसारको सहयोग नभएको समेत उहाँले बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै मौलाना नसिम साहवले चाहे हिन्दु समुदाय हो या मुसलमान समुदाय हो यहाँ हामी एक परिवार जस्तै भएर बसेका छौँ यही नै समाजलाई नमुना बनाउने गहना भएको बताउनु भयो । सबैको साथ र सहयोगले गर्दा नै मदरसाले छोटो समयमा राम्रो प्रगति गर्न सफल भएको उहाँले बताउनु भयो ।
वडा नम्बर १ का वडा अध्यक्ष रब्बान खानले स्यानो छाप्रोबाट सुरु गरेको मदरसा आज सबैको साथ र सहयोगले गर्दा पक्की भवनमा विद्यार्थीहरुलाई पठनपाठन गराउन सफल भएका छौँ र मदरसाको विकासको लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उहाँले बताउनु भयो ।

सञ्चारकर्मी उत्तम आचार्यले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा बिना बालबालिकाको भविष्य राम्रो नहुने भएकाले सबैले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा तर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । सरकारी विद्यालय र मदरसामा अध्ययन गर्ने विद्यार्थीहरुलाई बोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने विद्यार्थीको जस्तै अभिभावकहरुले ध्यान दिने हो भने अवश्य पनि विद्यार्थीहरुको शिक्षा क्षेत्रमा राम्रो प्रगति भएर जाने उहाँले बताउनु भयो ।

मदरसाका व्यवस्थापन समितिका अध्यक्ष करिम शेखले आर्थिक वर्ष ०७८/०७९ को २२ लाख ६४ हजार ९ सय ५७ रुपियाँ ३८ पैसा आय र १९ लाख ९२ हजार ५ सय ८० रुपियाँ ९९ पैसा व्यय तथा २ लाख ७२ हजार ३ सय ७६ रुपियाँ ३९ पैसा बचत रहेको आयव्यय प्रस्तुत गर्नुभएको थियो । शेखले मदरसामा १३ जना शिक्षक र ४ सय विद्यार्थीहरु रहेको समेत जानकारी गराउनु भयो ।
मदरसाका व्यवस्थापन समितिका अध्यक्ष करिम शेखको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page