राजनीति

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

काठमाडौं। नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ।

   

You cannot copy content of this page