राजनीति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त , सपथ भोलि ४ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले यस अघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र ०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका थिए ।
राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भोलि दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयकाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page