मधेस प्रदेश समाचार

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेश सरकारले भोलि प्रदेशभरि बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ ।
मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा जारी गरिएको प्रदेश राजपत्र, २०७९ मा थप गरिएको बिदाहरूमा माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । मधेश प्रदेशको ८ वटै जिल्लामा सरकारी कामकाजहरु बन्द रहने जनाएको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त वीर शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page