समाज

सप्तरीको शम्भुनाथमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिरेन्द्र बजार, २ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरी रहेका छन ।
सोमबार बिहान शम्भुनाथ नगरपालिका ७ मोहनपुरमा स ९ प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए । घाइते भएका चौधरीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page