मधेस प्रदेश

सप्तरीमा ४५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सप्तरी । सप्तरीमा ४५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका ५० वर्षीय रामचलितर भनिने लक्ष्मण पासवान रहेका छन । उनी फागुन ७ गते पक्राउ परेका हुन् ।
गहुँबारीमा पानी पटाउन गएका बेला फागुन ७ गते विहान आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा फागुन ७ गते नै उजुरी दिनुभएको इन्स्पेक्टर राजु अधिकारीले बताउनु भयो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते भएको छ ।
गाउँलेहरुले घटनाको भिडिओ बनाएको र आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले फागुन ७ गते उजुरी दर्ता गरी जिल्ला अदालतबाट फागुन ८ गते म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page