कृषि समाचार

रुपनगर आँप उत्पादक कृषक समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा दक्ष नारायण श्रेष्ठ

डम्बर राई /
कञ्चनरुप ।
रुपनगर आँप उत्पादक कृषक समूह कञ्चनरुप ९ र १२ को अध्यक्षमा दक्ष नारायण श्रेष्ठ सर्व सम्मतबाट चयन हुनुभएको छ ।
शनिवार बस्तीपुर नेवा समाजको भवन प्राङ्गणमा आयोजित प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको कार्य समिति पुर्नगठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा छत्र नारायण श्रेष्ठ, उपाध्यक्षमा रितेश दास, सचिवमा हरी नारायण साह, कोषाध्यक्षमा निर्मला श्रेष्ठ छन् ।
यसैगरी सदस्यहरुमा क्रमशः जित बहादुर श्रेष्ठ, भुवन बहादुर केसी, भागवत प्रसाद महत्तो, नारायण मिश्र, पुना कुमारी देव र कृष्ण प्रसाद भट्टराई चयन हुनु भएको छ । सल्लाहकार समितिको प्रमुखमा तिर्थराज उपाध्याय हुनुहुन्छ भने सदस्यमा विष्णु कुमारी श्रेष्ठ छन् ।
डम्बर राईको संयोजकत्व रहेको तीन सदस्य लेखा समितिको सदस्यमा पेशल जोशी र डिल्लीरमण खतिवडा चयन हुनुभएको छ ।
२०७३ सालमा स्थानिय आँप उत्पादक कृषकहरुको माँग तथा किसानहरुलाई सेवा सहयोग पुर्याउने उद्वेश्यले तत्काल तिर्थराज उपाध्यायको अध्यक्षतामा कृषक समूह संचालनमा ल्याइएको थियो ।
आँप खेतीका लागि योग्य मानिदै आएका सप्तरी जिल्लालाई थप उर्जा प्रदान गर्दै आँप उत्पादक किसानहरुलाई आत्म निर्भर बनाउन यस समूहको उद्वेश्य रहेको निवर्तमान अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो । उहाँका अनुसार सुपरजोनमा लम्किदे गरेको यो समूहले १० जना नयाँ शेयर सदस्य थप गरेर एकसय उनन्पचास जना शेयर सदस्य पुर्याएका छन् ।
कञ्चनरुप नगरपालिकाका कृषि शाखाका निमित्त प्रमुख बेचन प्रसाद सढौक यादवले कृषि समूह स्थापना भएर यहाँका आँप उत्पादक किसानहरुलाई सहुलियत पुगेको बताउनु भयो । आँपको खेतीलाई मात्र नभई अन्य वाली विउ बिजनमा पनि केन्द्रित बनेर काम गर्न सके अझै किसानहरुलाई सहुलियत हुने अनी समूहलाई पनि फाइदा पुग्ने छ यादवले धारणा व्यक्त गर्नुभयो ।
सभाको प्रम्ख अतिथीको आसनबाट उहाँले भन्नुभयो तपाइहरुले कृषि सम्बन्धि जानकारी लिन चाहेको अवस्थामा म जतिबेला पनि सेवामा हाजिर छु ।
डम्बर राईले संचालन गरेको उक्त अधिवेशनको अध्यक्षता तिर्थराज उपाध्यायले गर्नुभएको थियो । समूहको विधान शंसोधनका लागि देव नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको नव निर्वाचित अध्यक्ष दक्ष नारायण श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठको अनुसार सरस्वती निरौला र डिल्लीरमण खतिवडा सदस्यमा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page