बिराटनगर, चैत ७ गते । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामानहरु बरामद गरेको छ ।
सिमावर्ती क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अवस्थामा करिव २ लाख ५६ हजार रुपैया बराबरको बिभिन्न प्रकारका कपडाहरु तथा खाध्यान्नका सामग्रीहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव २ लाख ५६ हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Add Comment