समाचार समाज

सप्तरीमा साइकलबाट लडेर ६९ वर्षीय बृद्धको मृत्यु

राजविराज, चैत १५ गते । सप्तरीमा साइकलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका ६९ वर्षीय पदमलाल दास रहेका छन ।
छिन्नमस्ता १ बरहिवीरपुर स्थित नहर चोक भन्दा ३०० मिटर पर साइकलबाट लडेर पदमलाल गम्भीर घाइते भएका थिए ।

घाइते पदमलालको विराटनगर स्थित नर्सिङ्ग होम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page