मधेस प्रदेश समाचार समाज

सप्तरी : हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि पक्राउ

राजविराज । सप्तरी प्रहरीले हत्या घटनाको २३ वर्ष पछि अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई आइतबार पक्राउ गरेको छ ।
यादवसहितका आरोपितहरूले ०५६ साल जेठ १२ गते गरेको कुटपिटबाट घाइते ६२ वर्षीया ठकनी देवी यादवको जेठ १९ गते मृत्यु भएको थियो ।
गिरफ्तार बेचन र हाजिर भएकी सप्तकोशी नगरपालिका–१० की ४९ वर्षीया बुचिया देवी यादव भनिने बुधनी देवी यादवलाई अदालतले जनही ५० हजार रुपियाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको छ ।
कुटपिटबाट घाइते पीडितले स्वयम् जेठ १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । त्यस अघि पीडितले प्रहरी चौकी महुलीमा शान्ति सुरक्षाका लागि निवेदन दिनुभएको थियो ।
घाइते पीडितको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा उपचार गरी घरमा लगी औषधि सेवन गरी बसेकोमा जेठ १९ गते राति मृत्यु भएको थियो । मृतकका छोरा धनराज यादवले बुचिया देवी, बेचन, बेचनका छोरा १६ वर्षीय सुरेन्द्र यादव र अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी ३६ वर्षीया तारादेवी यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २० गते उजुरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले जेठ २० गते उजुरी दर्ता गरेको थियो । शवको पोष्टमार्टम जेठ २० गते सगरमाथा अञ्चल अस्पताल राजविराजमा भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page