मधेस प्रदेश समाचार समाज

सप्तरीमा घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला

राजविराज, ८ जेष्ठ । सप्तरीमा घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार बिहान घाटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो ।
 शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ । प्रहरीका अनुसार अहिलेसम्म मृतकको परिचय खुलेको छैन । यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page