मधेस प्रदेश समाचार समाज

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु, दुई घाइते

सप्तरी, ९ जेठ । सप्तरीमा करेन्ट लागेर एक युवकको आज मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका ६ ढिकुलीका २५ वर्षीय जवाहर मण्डल रहेका छन् ।
मंगलबार आफ्नै घरको छतमा जस्तापाता (टिन) राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो । सख्त घाइते जवाहरलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।
करेन्ट लागेका जवाहरलाई छुटाउन जाँदा उनका काका ५१ वर्षीय उमेश मण्डललाई समेत करेन्ट लागेको थियो । उमेशको उपचार भईरहेको तथा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै , मंगलबारै रुपनी गाउँपालिकामा करेन्ट लागेर एक युवक घाइते भएका छन् ।
बाँस काट्दा बाँस विजुलीको तारमा छुन गई रूपनी गाउँपालिका ६ विरेन्द बजारका ३२ वर्षीय कुमार थापालाई करेन्ट लागेको छ । उहाँको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page