मधेस प्रदेश समाचार

सप्तरीको शम्भुनाथमा बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

राजविराज, १० जेठ । सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलहरुमा बालबालिकाहरुले दुई दिनदेखि लगातार सडक नाटक प्रर्दशन गरिरहेका छन् ।
जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहाकाका बालिबालिकाले शम्भुनाथको विभिन्न टोलमा सडक नाटक प्रदर्शन गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको सहयोगमा शम्भुनाथको बैरयाही टोल, मिलन चौक, सदा टोल, शिव चौक, शम्भुनाथ मेला लगायतमा सडक नाटक प्रदर्शन गरिएको हो ।

इन्सेकद्वारा विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकालाई सडक नाटकको तालिम दिएपछि उनीहरु स्वयम् बाल श्रम, बाल विवाह, महिला हिंसा र लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन गर्न थालेका कार्यक्रम संयोजक बरुण बस्यालले बताए । बाल कलाकारहरूले समाजमा महिला हिंसाको स्वरूप, बाल श्रम गर्न वाध्य हुने अवस्था, बालविवाह र लागु औषधले पार्ने असर समाबेस गरी सडक नाटक प्रदर्शन गरिरहेका छन् ।
गरिब, दलित समुदायमा शिक्षा र सचेतनाको कमीकै कारण हिंसा बढी हुने गरेको भन्नु हुँदै शम्भुनाथ नगरपालिका–१० का पूर्व वडा अध्यक्ष पतिराम सदाले सशक्तिकरण र सचेतनामुलक कार्यक्रमहरू गाउँ गाउँमा लैजानु आवश्यक रहेको बताए ।

मानव अधिकार निगरानी समूहका सचिव रामनारायण मण्डलले कलिलो उमेरदेखि नै बालबालिकाकै माध्यमबाट समाजमा रहेको बिकृती एवम् बिसङ्गतीलाई हटाउन खोज्नु बढी लाभदायी भएको बताएु । मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायलाई झक्झकाउन सडक नाटक प्रभावकारी हुने गरेको उहाँको भनाई थियो ।
सडक नाटकमा शंकरकुमार साह, करिना सरदार, जयप्रकाश दास, रोशन पाल, पशुपति चौधरी, अच्छे सरदार, मिथलेश साह, राजकुमारी मण्डल, सुर्य पाल, काजल मण्डल, प्रितिका कुमारी चौधरी, श्रवण मण्डल, आशाकुमारी मण्डल, प्रिता चौधरी, सुरज चौधरी, करण चौधरी, हेमन्त चौधरी र सचिदानन्द चौधरी सहभागी थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page