मधेस प्रदेश समाचार समाज

सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो

सप्तरी, १० जेठ । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव भेटिएको छ । बुधबार जिल्लाको राजविराज नगरपालिका वडा नम्बर १४ पुरानो टोल परसाहीमा स्थित एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटिएको हो ।
स्थानीय नरेश मण्डलको २० वर्षीय छोरा रामबाबु मण्डल आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
परसाही टोलको पुर्वपट्टि बाँस घारीमा रहेको आँपको रूपमा गएराती लाईलनको डोरीले घाटीमा पासोलगाई झुन्डिएको अबस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक रामबाबुको शव परीक्षणका लागी राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको तथा घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page