मधेस प्रदेश समाचार समाज

राजविराजमा रहेको एक बोर्डिङ स्कुलमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

राजविराज, १२ जेठ । सप्तरीको राजविराज स्थित रहेको शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा आज करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।
कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेसलानन्द यादवले विद्यालयको आज्ञा बमोजिम बिजुलीको पोलमा तार हुकिङ् लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
विद्यालयमा प्रत्येक शुक्रबारका दिन नियमित हुने अतिरिक्त क्रियाकलापका लागि आयोजना गरिएको कार्यक्रममा स्पिकर बजाउने प्रयोजनका लागी बिजुलिको पोलमा तार हुकिङ लगाउन पेसलानन्दलाई लगाइएको थियो ।
करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।
शवलाई पोस्टमार्टमका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ भने घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यता मृतकका आफन्त तथा विद्यार्थीहरुले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page