मधेस प्रदेश समाचार

सप्तरीको हनुमाननगर-४ गंगापुरमा एक पुरुषको शव फेला

कञ्चनरुप, १२ जेठ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ४ गंगापुरमा शुक्रबार एक पुरुषको शव फेला परेको छ । भक्तपुर सुडाल ५ का ४६ वर्षीय बलराम पाण्डेको शव मृत अवस्थामा फेला परेको हो ।
गंगापुर टोलदेखि पश्चिम खेतमा फ्याकिएको अवस्थामा पाण्डेको शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण अस्पताल पठाएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page