मधेस प्रदेश

धनुषाबाट दुई वटा चोरीएको भैंसी सहित एक जना पक्राउ

धनुषा । धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ तारापट्टीका ३७ वर्षीय बलि मुखिया रहेका छन् ।
प्रहरीले सोमबार राति १० बजे भैंसीलाई पैदल हिँडाएर जनकपुर तर्फ लगिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उक्त दुई वटा भैंसी मिथिला विहारी नगरपालिका ६ पथरा टोलका सुवल यादवको गोठबाट आइतबार राति चोरी भएको थियो।
पक्राउ परेका मुखिया माथि चोरी सम्बन्धी कसुर मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page