मधेस प्रदेश समाचार समाज

विष सेवनबाट सप्तरीमा एक जनाको मृत्यु

कञ्चनरुप, २९ जेठ । सप्तरीमा विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ५ मलेकपुरका ६५ वर्षिय सिताराम मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।
विष सेवनबाट सिकिस्त मण्डलको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घरायसी वादविवादको कारण मण्डलले शुक्रवार मलाथिन प्लान्ट ५० प्रतिशत इसि नामक विषादी सेवन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page