कञ्चनरूप । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको फाइनल कञ्चनरूप राइनोज पुगेको छ ।
पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कञ्चनरूप राइनोजले बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्यो। लिगको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले ७ विकेट गुमाउदै १२.१ ओभरमा पुरा गर्यो।
कञ्चनरूपको ब्याटिंगमा राशिद खानले सर्वाधिक ३२ रन योगदान दिए जुन क्रममा उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। खराब सुरुवात गरेको राइनोजले २१ रन बनाउदा ६ विकेट गुमाएको थियो। उक्त अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गर्दै राशिदले टिमलाई जितसम्म पुर्याए। वारियर्सका बलर दिनेश अधिकारीले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।
यस अघि टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १४.३ ओभरमा ६२ रनमा सबै विकेट गुमायो।
वारियर्सको लागि बिशाल सुश्लिंगले सर्वाधिक २४ रन बनाए। कञ्चनरूपको बलिंगमा प्लेयर अफ द म्याच घोषित राशिद खानले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १२ रन खर्चिए। पप्पु यादवले २ तथा चित्र बिस्ट, नारायण जोशी र सुमित श्रेष्ठले समान १/१ विकेट लिए।
उपाधिको लागि उसले यस अघिनै फाइनलमा स्थान पक्का गरिसकेको बजाज खडक वारियर्ससंग सोमबार प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ, उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृस्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए।











Add Comment