खेलकुद

मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा जनकपुर विजयी

बृजमान तामाङ /
राजविराज, १० असार । सप्तरीको राजविराजमा प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा धनुषा जिल्ला फुटबल संघ जनकपुर विजयी भएको छ ।
राजविराजस्थित राजरंगशालामा भएको खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुलीलाई ०–५ गोल अन्तरले पराजित गर्दै जनकपुरले जित हाँसिल गरेको हो ।
जनकपुरको तर्फबाट जर्सी नम्बर १५ का दिनेश योन्जनले हाट्रीक गर्दै ३ गोल गरे । यसैगरी जर्सी नम्बर १७ का मनोज तामाङले १ गोल र कप्तान श्यामबाबू क्याप्छाकीले १ गोल गर्दै जित सुनिश्चित गरे ।

राजविराज नगरपालिकाको सहयोगमा जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रतियोगिताको सोमबारको खेल सप्तरी जिल्ला फुटबल संघ राजविराज सप्तरी र मलिथम फुटबल क्लब उदयपुर विच हुने जिल्ला खेलकुद विकास कार्यालय सप्तरीका प्रमुख दिनेश भुजेलले जानकारी दिए ।
असार १६ सम्म चल्ने प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।a

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page