मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाचार

धरानबाट १४ ग्राम ब्राउनसुगर सहित १ जना पक्राउ

बिराटनगर, २५ असार । सुनसरी प्रहरीले धरान उप महानगरपालिका ३ कैलाशपथ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल धरान बस्दै आएका २७ बर्षीय हिमाल चौधरी रहेका छन ।
सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १४ ग्राम ब्राउनसुगर र नगद १ लाख ९६ हजार ५ सय रुपैँया फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page