मकवानपुर, १६ कात्तिक । मकवानपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाकै २६ वर्षीय रामशरण भोम्जन रहेका छन्। उनलाई २०८३ साल कात्तिक १६ गते बिहान करिब १ः४० बजे नियन्त्रणमा लिइएको जनाइएको छ।
बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भोम्जनमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।







