शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
कोशी प्रदेश

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३४ वर्षीय यादव पक्राउ

विराटनगर, १३ कात्तिक । जबरजस्ती करणीको आरोपमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीले सिरहा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ घर भई हाल विराटनगर महानगरपालिका–४ इक्राही टोलस्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय राकेश कुमार यादवले २९ वर्षीया एक अविवाहित महिलालाई ललाईफकाई तथा धाकधम्की दिई जबरजस्ती करणी गरेको आरोप छ।

पीडित महिलाले बच्चासमेत जन्मिएको भन्दै प्रतिवादीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २०८३ साल असोज २८ गते किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले प्रतिवादीको खोजी गरिरहेको थियो।

खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाको सहयोगमा असोज २९ गते उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page