कृषि

कञ्चनरुप-१२ रुपनगरमा एक दिने खाद्यान्न बाली सम्बन्धि तालिम सम्पन्न

कञ्चनरुप, २६ असार । कृषिमा आमूल परिवर्तन नभएसम्म कृषि क्षेत्रको विकास नहुने कुरा एक कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उप–प्रमुख मुनाकुमारी पोखरेलले बताउनु भयो ।
मंगलबार कञ्चनरुप नगरपालिका कृषि विकास शाखा कञ्चनपुर सप्तरीद्वारा वडा नम्बर १२ को सभाहलमा आयोजित एक दिने खाद्यान्न बाली सम्बन्धि तालिमको उदघाटन सत्रमा बोल्दै उप–प्रमुख पोखरेलले सो कुरा बताउनु भएको हो ।
नेपाल कृषि प्रधान देश हो, कृषिमा क्रान्ति गरी किसानको हितमा काम नगरेसम्म राष्ट्रको विकास हुन नसक्ने पोखरेलले बताउनु भयो । उहाँले १२ नम्बर वडाका किसानको हित हुने गरी सिचाई लगायतका पूर्वाधारहरुमा आफ्नो तर्फबाट सहयोग रहने बताउनु भयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले अब बाटाघाटा भन्दा पनि वडाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर का मगर्ने बताउनु भयो । सिँचाइका लागि पोल, बत्ती बोरिङ्गको व्यवस्था मिलाउन आफू लागि परिरहेको वडा अध्यक्ष खत्रीले बताउनु भयो ।

सहभागिको तर्फबाट किसान हेमप्रसाद अधिकारीले विशेषगरी १२ नम्बर वडा सुख्खा क्षेत्र भएकोले यहाँ सिँचाईको अतिनै आवश्यकता रहेको र १द्द नम्बर वडाका किसानको हित हुनेगरी कतैबाट सहयोग प्राप्त नभएको दुखेसो पोख्नु भयो ।
वडा नम्बर १२ का वडा सदस्य जैनुदिन मियाँ, सहभागि बलराम पौडेल लगायतका वक्ताहरुले यस क्षेत्रमा सिँचाईको व्यवस्था मिलाई कृषिलाई आधुनिकिकरण गरी सामूहीक खेती गरेमा राम्रो हुने कुरा बताउनु भएको थियो ।
१२ नम्बर वडाका अगुवा किसानहरु सहभागी तालिममा कृषि विकास शाखाका संयोजक बेचन सढोक यादव, कृषि विकास अधिकृत निक्की यादवले सहजिकरण गर्नुभएको थियो भने वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page