सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लाहानका अमिन दीपरञ्जन यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले यादवलाई नापी कार्यलयबाटै १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।
Add Comment