मधेस प्रदेश समाचार

धरानमा गाई गोरु काटेर खाएको विरोधमा जनकपुरमा प्रदर्शन

जनकपुरधाम, ७ भदौ । वजरंगदल युवा संघ धनुषाले धरानमा गाई गोरु काटेर खाएको विरोधमा जनकपुरधामको रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेका छन् ।
वजरंगदल धनुषाका अध्यक्ष अनुराग बासुको नेतृत्वको युवाहरुले बिहीबार साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा चक्का जाम तथा प्रदर्शन गरेका थिए ।
धरानमा भएको गाई तथा गोरु हत्या गर्नेहरुलाई पक्राउ गरी कारबाही हुनुपर्ने युवाहरुले माग गरेका छन् । कारबाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page