कञ्चनरुप, २३ असोज । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सप्तरी प्रहरीले विषेश सुरक्षा योजना अन्तरगत जिल्लाका ११ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाउन तथा आपतमा परेका नागरिकको उद्धारमा सहयोग पुर्याउने अभिप्रायले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।
यसैबीच चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजस्थित रुपनी स्टेण्डमा सोमवार नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ । यो संगै जिल्लामा नागरिक÷यात्रु सहायताकक्षको संख्या ११ पुगेको हो ।


नेपालीहरुको महान चाड विजय दशमी, शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यात्रु महानुभावहरुको सुरक्षा तथा सुविधालाई मध्यनजर गरी यात्रु सहायता कक्षको समुद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनु भयो ।
कार्यक्रममा सगरमाथा यातायात व्यवसायी कम्पनि राजविराजका उपाध्यक्ष दिनेश गुप्ता, यातायात व्यवसायी कम्पनीका पदाधिकारीहरु, स्वतन्त्र मजदुर संघ–संगठनका प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानिय बासिन्दाहरु उपस्थित रहेको थियो ।
महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमा नाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन्।
चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ।




Add Comment