स्वास्थ्य

कञ्चनरुप सहरी स्वास्थ्य केन्द्र बस्तिपुरमा स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा संचालन

कञ्चनरुप, २९ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर बस्तिपुरमा रहेको सहरी स्वास्थ्य केन्द्रमा सोमबार स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा संचालनमा आएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो ।
उक्त स्वास्थ्य केन्द्र महेन्द्र राजमार्गदेखि ३ किलो मिटर टाढा पर्छ । ल्याब सञ्चालनका लागि १७ लाखभन्दा बढी लागत लागेको बताइएको छ ।
ल्याबको नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता र वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

ल्याबको समुद्घाटन गर्दै नगर प्रमुख गुप्ताले ग्रामिण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको बताउनु भयो । सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परिक्षण गर्न स्थानियलाई बजारसम्म जानुपर्ने बाध्यताको हटेको नगर प्रमुख गुप्ताले बताउनु भयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्रीले सामान्य चेकजाँचका लागि अव टाढा जानु पर्ने बाध्यता समेत अन्त्य भएको बताउनु भयो ।
घर नजिकै चेकजाँच हुने भए पछि स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीयलाई टाढासम्म आउजाउ गर्दा लाग्ने खर्च, समय बचत भएपछि उनीहरुपनि खुसी छन् ।

ल्याब संचालनमा आएपछि एनालाइजरबाट सिविसि, युरिक एसिड, ब्लड सुगर, क्रयाटिनी, दिसा, पिसाब, रगत लगायतका रोगहरुको पहिचान र उपचारमा सहयोग पुग्ने सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज मुरारी कटुवालले बताउनु भयो । ल्याबबाट खकार, दिसा, पिसाब, रगत लगायतका रोगको किटाणु भए÷नभएको पत्ता लगाइने समेत बताउनुभयो ।
ल्याबका उपकरण खरिदका लागि नगरपालिकाले १० लाख ६५ हजार रकम र वडा नम्बर १२ ले ७ लाख गरी जम्मा १७ लाख ६५ हजारको लागतमा ल्याब संचालन गरिएको स्वास्थ्य केन्द्रका इन्चार्ज कटुवालले जानकारी दिनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page