कोशी प्रदेश राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत, विपक्षमा ५ मत खस्यो। राप्रपाका एक सांसद अनुपस्थित रहे ।
संविधानको धारा १६८ ९५०अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन्।
यहाँ एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page