स्वास्थ्य

बालबालिकालाई कात्तिक १७ र १८ गते ‘भिटामिन ए’ र जुकाको औषधी खुवाइने

सप्तरी । यही कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ ।
कार्यक्रमको निर्धारित समय (कात्तिक २ र ३ गते) भएपनि दसैं पर्न गएकाले मिति सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
भिटामिन ए र जुकाको औषधी खुवाउन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सहजीकरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page