समाचार

राजविराजमा १५ दिने व्यापार मेला आयोजना हुने

कञ्चनरुप, ३ कार्तिक । सप्तरीको राजविराजमा दशै तथा शुभ दिपावलीको अवसरमा १५ दिने सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० को आयोजना हुने भएको छ ।
राजबिराज स्थित राजरंगशाला खेलमैदानको जग्गामा सप्तरी युथ नेपालले बृहत मेलाको आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी कार्तिक ११ देखि २६ गतेसम्म मेला लाग्ने सप्तरी युथ नेपालले जनाएको छ ।
सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादवका अनुसार सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले संचालित मेलामा ३० भन्दा बढी स्टल रहने छ। दैनिक सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने जनाएको छ ।
मेलामा रोटे पिंग, ब्रेक डान्स, नाच सहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री,भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने पत्रकार सम्मेलनमार्फत मेला समितिले जानकारी दिएको छ ।
मिथिला संस्कृत, खाना महोत्सव तथा राष्ट्रिय एवम् स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिनुका साथै मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने आयोजक समितिले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page