समाचार

नवलपरासीबाट स्रोत नखुलेको १६ लाख भन्दा बढी नेपाली रूपैयाँसहित युवक पक्राउ

नवलपरासी । नवलपरासीबाट स्रोत नखुलेको रकम सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको पाल्हिनन्दन २ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन ।
विशेष सूचनाका आधारमा प्रहरीले परासी महेशपुर सडकको उजैनीमा सवारी रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार खानको साथबाट स्रोत नखुलेको नगद १ हजार दरको ७ सय थान र ५ सय दरको १ हजार ९ सय थान गरी १६ लाख ५० हजार नेपाली रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
खानलाई नियन्त्रणमा लिई भैरहवा भन्सार पठाइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page