मधेस प्रदेश समाचार

खसीको मासु भनि बाख्राको मासु वेच्ने गुल्जार महम्मद पक्राउ

धनुषा । खसीको मासु भनि बाख्राको मासु वेच्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर का गुल्जार महम्मद रहेका छन ।
ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ति टोलीले बिहीबार क्षिरेश्वरनाथ ५ महेन्द्रनगर स्थितमा गुल्जारले साहिल फ्रेस हाउँस संचालन गरेको मासु पसलमा गई चेक जाँच गर्दा निजले खसीको मासु भनि बाख्राको मासु बेचिरहेका थिए ।
गुल्जारले पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारी उक्त खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत प्रहरीले बरामद गरेको थियो ।
बरामद गरेको मासु सहित उक्त पसलको संचालक गुल्जारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाउको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page