कोशी प्रदेश समाचार

नक्लकी नेपाली नोट सहित ६ जना भारतिय नागरीक पक्राउ

झापा, १७ कार्तिक । नक्लकी नेपाली नोट सहित ६ जना भारतिय नागरीक पक्राउ परेका छन् । झापा गाउँपालिका १ सितापुरीबाट नक्लकी नेपाली नोट सहित ६ जना भारतिय नागरीक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा भारत किसनगंज थानाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० बर्षीय आजमल हक रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतिय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई चेकजाँच गर्ने क्रममा आलमको साथबाट १ हजार दरको ३ थान नेपाली नक्कली नोट बरामद भएको थियो ।
नक्कली नोट फेला परे संगै अन्य ५ जनाको समेत संग्लग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page