स्वास्थ्य

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र, रूपनगरको छैठौं साधारण सभा सम्पन्न

कञ्चनरुप, १८ कार्तिक । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रूपनगर सप्तरीको शनीवार फुलवारी पार्टी प्यालेसमा छैठौं साधारण सभा सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता‌ले विवादले विकासका काम ओझेलमा पर्ने भएकाले विवाद नगरीकन सबै एक जुट भएर काम गर्ने हो भने समाजको रूपान्तरण गर्न सजिलो हुने बताउनु भयो । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र नगरको गहना भएकाले यसको विकास र उन्नतीमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

उपचार केन्द्रका संस्थापक संरक्षक प्रा. डा. रोहित कुमार पोखरेलले गरीव, दलित, विपन्न वर्गका समुदायलाई सहज रूपमा स्वास्थ्य सेवामा पहुँच भन्ने उदेश्यका साथ उपचार केन्द्रको स्थापना गरिएको बताउँदै आगामी दिनमा केन्द्रलाई अझ राम्रो सुविधा सम्पन्न बनाएर लाने बताउनु भयो ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दिपक कुमार गजुरेलले सामुदायिक संस्था भनेको सबै समाज मिलेर चलाउने संस्था भएकाले यसको विकासमा सबै समाजका मानिसहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो।
१२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री, कार्यपालिका सदस्य सीता पौडेल, समाजसेवी जीतबहादुर श्रेष्ठ लगायतका वक्ताहरूले स्वास्थ्य संस्थाको विकासमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भएको थियो।

स्वागत मन्तव्य संचालक समितिका सदस्य दक्षनारायण श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन रितेश दासले गर्नुभएको थियो। संचालक समितिका कोषाध्यक्ष राजन अधिकारीले १ करोड ३९ लाख ६७ हजार ६ सय ९९ रुपैयाँको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
उत्तम आचार्यद्वारा संचालित कार्यक्रमको अध्यक्षता संचाल समितिका कार्यवाहक अध्यक्ष देव नारायण श्रेष्ठले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page