मधेस प्रदेश समाचार

लहानबाट पेस्तोलसहित सप्तरीका तीन जना पक्राउ

सप्तरी । प्रहरीले लहानबाट पेस्तोलसहित सप्तरीका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिवान्नद चौधरी र खड्क नगरपालिका ४ का ३५ वर्षीय संजयप्रसाद चौधरी रहेका छन् ।
सशस्त्र प्रहरीको टालीले लहान नगरपालिका १ सिङ्गराहीमा चेकजाँच गर्ने क्रममा स९प ४९७१ नम्बरको यमहा सोलुटो मोटर साइकलमा सवार तीन जनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ९ एमएम ब्राउण्डिङ पेस्तोल १ थान , सोको म्याग्जिन १ थान, राउण्ड २ , नगद १ लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनिको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लगि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page