मधेस प्रदेश समाचार

सप्तरीबाट श्रोत नखुलेको सुन, चादी तथा ५ लाखबढी भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कञ्चनरुप, २२ कार्तिक । सशस्त्र प्रहरी बल सप्तरीले सुन, चाँदी र श्रोत नखुलेको ५ लाखबढी भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाँडो खोलाबाट रामेछापको सुनपाती गाउँपालिका–६ खिम्टिबेसीका १७ वर्षीय उत्सव पाण्डे, लमजुङ्गको राईनास गाउँपालिका–२ पन्थेडाँडाका १८ वर्षीय रोशन शाही ठकुरी र काठमाण्डौं–१० नयाँ बानेश्वरका १६ वर्षीय रिकेश श्रेष्ठलाई श्रोत नखुलेको सामानसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तिलाठीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट शुक्रबार खटीगएको टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका ३ जना व्यक्तीहरुलाई चेकजाँच गर्ने क्रममा निजहरुको झोलाबाट श्रोत नखुलेको ३१.१ ग्राम सुन, १ सय ८८.१९ ग्राम चाँदी, ५ लाख ६८ हजार ५६३ भारतीय रुपैयाँ र चार थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटरका सप्तरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी गराउनु भयो।
पक्राउ परेका तीनै जनालाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटरका सप्तरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page