मधेस प्रदेश समाचार

सप्तरीको बनौलीबाट पाँच राउण्ड राइफलको गोली सहित दुई जना युवक पक्राउ

कञ्चनरुप, २२ कार्तिक । सप्तरी प्रहरीले ५ राउण्ड राइफलको गोलीसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षीय हरी शंकर कुमार यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको खडक नगरपालिका ११ बनौलीबाट थ्रिनटथ्री राइफलको ५ राउण्ड (३०३) गोलीसहित धर्मजितलाई पक्राउ गरेको हो । यस्तै उनको साथमा रहेका हरी शंकरलाई समेत पक्राउ गरीएको छ ।
मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page