कोशी प्रदेश समाचार

बिराटनगरबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

बिराटनगर, ५ मंसिर । बिराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका १५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर सहित धरान उपमहानगरपालिका ६ का २३ वर्षीय मन कुमार बिश्वकर्मा पक्राउ परेका हुन् ।
सोमबार ४ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page