मधेस प्रदेश समाचार

राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज, ५ मंसिर । राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।
मण्डल मंगलबार बिहान खाना खाएर शौचालय गएका वेला लडेका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कारागार श्रोतले जनाएको छ ।
मण्डल कर्तव्य ज्यान मुद्दामा २०७९ कार्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट १ वर्ष कैद सजायको फैसला भएका उनी पक्राउ परेदेखि कारागारमा रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page